सुदूरपश्चिममा हावाहुरीसहित वर्षा : खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लीमा

काठमाडौं: कैलाली कञ्चनपुरमा बुधबार बिहानै हावाहुरी चलेको छ । बिहानै भीषण हावाहुरीसहितको वर्षा भएको हो । हावाहुरीसँगै वर्षा भएपछि स्थानीय त्रसित बनेका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने महाशाखाको भनाइ छ ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए। कैलाली काप्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बिहीबारको हावाहुरीले घरबार विहिन भएकाहरुलाई बढी समस्या भएको छ । हावाहुरीले घरको पर्खाल र छानो भत्किएर खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लीमा परेका छन्।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ०९:३४