चाँगुनारायण नगरपालिकामा लागत साझेदारीमा तीन वटा नमूना मिट मार्ट स्थापना

भक्तपुर: चाँगुनारायण नगरपालिकामा लागत साझेदारीमा तीन वटा नमूना मिट मार्ट निर्माण गरिएको छ । चाँगुनारायण नगरपालिकाको पशुपंक्षी विकास शाखाका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारको २९ लाख ७० हजार लागत साझेदारीकोे कार्यक्रम अन्तर्गत सशर्त अनुदानमा मिट मार्ट स्थापना गरिएको हो ।

संघबाट आएको कार्यक्रमलाई केन्द्रकै कार्याविधीमा टेकेर सूचना प्रकाशित गरिएकोमा विभिन्न वडाका ५ वटा ब्यवसायीक मिट मार्टको निवेदन परेको थियो । त्यसमध्ये ३ वटा फर्मसँग सम्झौता गरि लागत साझेदारीको कार्यक्रम सञ्चालन गरिएको पशु विकास अधिकृत खड्क कुमार मैनालीले बताउनुभयो ।

पशु विकास अधिकृत मैनालीका अनुसार सम्झौता गरि अनुदान पाउनेमा वडा नंं १ सरस्वती खेलको सुजल मिट सप, वडा नंं ६ नगरकोटको मंहाकाल मिट सप र वडा नंं ९ स्थित फैढोका मिट हाउस रहेका थिए । अहिले उनीहरुले सम्झौता अनुसार काम सम्पन्न गरिसकेको र भुक्तानीको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

मिट मार्ट विशेष गरि शहरी क्षेत्र वडा नंं १, २, ४, ६ र ९ मा सञ्चालन गर्ने भनेर कार्यपालिका बैठकले निर्णय गरि क्षेत्र समेत तोकेको थियो । सोही निर्णय अनुसार मिट मार्टलाई छनौट गरिएको हो, उहाँले भन्नुभयो, त्यो पनि तत्कालै अनुगमन गरेर छनौट गरिएको हो । त्यसमा संघ सरकारको कार्याविधिीमा टेकेर सम्बन्धीत वडाध्यक्ष तथा जनप्रतिनिधिको रोहवरमा सिफारिस गरि सञ्चालन गरिएको र सामानहरु रुजू गरिएको हो ।

यो कार्यक्रम मासु पसलले स्वास्थ्य मासु उत्पादन गरुन र ब्यवसायीक प्रबद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले सञ्चालन गरिएको र यो कार्यक्रम चाँगुनारायण नगरपालिकामा मात्र नभई देशैभर सञ्चालनमा रहेको पनि उहाँले बताउनुभयो ।


प्रकाशित | २१ असार २०८०, बिहीबार १९:४४