माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालले सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण देखिएको ेछैन । उहाँ घरमै आइसोलेटेड भएर बस्नुभएको छ ।

अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम र भेटघाट केही समयका लागि स्थगित गरिएको छ । उहाँले आफ्नो सम्पर्कमा रहेकालाई एकान्तवास बस्दै परीक्षण गराउन पनि आग्रह गर्नुभएको छ ।

 


प्रकाशित | २७ पुष २०७८, मंगलवार १५:१८