काठमाडौं : टोखा नगरपालिकाको वडा नम्बर १० गोंगबुमा अवस्थित अनुमति जलजला बहुउद्देश्यीय सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका १० वडाका वडाध्यक्ष मचाकाजी महर्जन र गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको साधारणसभा भब्य रुपमा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष महर्जनले संस्थाले सहकारी मूल्य मान्यता अनुसार काम गरेकोमा खुसी ब्यक्त गर्नु भयो । संस्थालाई शेयर सदस्यहरुको हितमा लगाउनुपर्नेमा जोड दिर्दै अनुमति जलजलाले छोटो समयमा ठूलो प्रगति गर्न सफल भएको बताउनु भयो ।
संस्थाका संस्थापक तथा एनआरएनए अध्यक्ष कुँवरले सन २००२ मा न्यूरोडमा होलसेलको ब्यापार गर्दै जाँदा सहकारीको आवश्यक ठानेर सहकारी सस्था दर्ता गरि शूरु गरेको स्मरण गराउनु भयो । सहकारीले विभिन्न आरोह अवरोह र चुनौतीका बावजुत पनि मुनाफा निकाल्न सफल हुँदै गएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा अझै प्रगति गर्दै जानेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले सबैको सहकार्य भएमा ससाना मद्यौला ब्यापार ब्यवसायमा सहकारीले महत्वपूर्ण सहयोग पुर्याउने गरेको पनि बताउनु भयो ।
अध्यक्ष कुँवरले आफू कोरियामा लामो समयदेखि बस्दै आएपनि मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्याउनुपर्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गरिरहेको पनि जानकारी गराउनु भयो । गैर आवासीय नेपाली संघले विदेशमा नेपालीहरुले सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा भित्याएर सामूहिक लगानी पनि गरिरहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष निर बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सेतीगुरास महिला सहकारी संस्थाका अध्यक्ष गंगादेवी मल्ललगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । उद्घाटन सत्रमा लेखा समितिका संयोजक मोति बहादुर केसी, ऋण उपसमितिका संयोजक रविन बहादुर खत्रीलगायत संस्थाका पदाधिकारीले आआफनो धारण राख्नु भएको थियो ।
नयाँ कार्यसमिति चयन, अध्यक्षमा बर्ज बहादुर घर्ती
त्यस्तै, दोस्रो चरणमा भएको बन्द सत्रले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै बर्ज बहादुर घर्तीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचीत गरेको छ ।
घर्तीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण बहादुर कुँवर, सचिवमा द्रोण विक्रम थापा, कोषाध्यक्षमा राम प्रसाद चौलागाई, सदस्यमा सुधा हमाल, राजु खड्का र सिर्जन बिसी हुनुहुन्छ ।
४२ लाख ६७ हजार ७९६ खुद नाफा निकाल्न सफल
संस्थाको आर्थिक वर्ष २०७८÷७९ मा कुल ३ करोड ३५ लाख ८५ हजार ८९१ शेयर पूँजी छ भने १ हजार २९ सदस्यको बचत निक्षेप १० करोड ५९ लाख ७ हजार २८३ रुपैयाँ ६७ पैसा छ ।
संस्थाले नयाँ शेयर सदस्यता खरिद गरि आगामी आर्थिक वर्षभित्र कुल शेयर पूँजी ५ करोड र २० करोड बचत पुर्याउने लक्ष्य राखेको छ ।
त्यस्तै, संस्थाले यो आर्थिक वर्ष ४२ लाख ६७ हजार ७९६ खुद नाफा निकाल्न सफल भएको छ । यो गत वर्षको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो आर्थिक वर्ष २१ लाख २० हजार ८३५ रुपैयाँ ८७ पैसा मात्र नाफा भएको थियो । यो वर्ष संस्थाले शेयर सदस्यहरुलाई १५ प्रतिशतका दरले बोनस वितरण गरेको छ ।
प्रकाशित | २४ भाद्र २०७९, शुक्रबार २०:३६