काठमाडौं : आज (बुधबार ) दिउँसोबाट मौसममा सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमकै केही भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि पूर्वी र पश्चिमी भागमा मेघ गर्जनसहितको पानी पर्ने सम्भावना रहेको छ ।
प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ०८:२७