काठमाडौँ –नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ।
त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ ।
कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् ।
प्रकाशित | १४ माघ २०७८, शुक्रबार १४:४५