प्रधानमन्त्री ओली बेलायतमा उच्चस्तरीय राजनीतिक भेटघाटमा ब्यस्त (फोटोफिचरसहित )

लन्डन : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार उच्चस्तरीय राजनीतिक भेटभाटमा ब्यस्त रहनु भएको छ । युरोप भ्रमणका क्रममा बेलायतमा रहनु भएको प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय भेटघाटमा ब्यस्त हुनुभएको हो । उहाँले बेलायती समकक्षी टेरिजा मे, लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गर्नुभएको छ ।

त्यस्तै, उहाँले बेलायती ड्युक अफ ससेक्स राजकुमार ह्यारीसँग समेत भेटवार्ता गर्नुभएको छ । बेलायतमा नेपाली दूतावासमा गैरआवासीय नेपाली संघ, बेलायतका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओली सोमबार राति बेलायत पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयको युनियनको बहसमा समेत सम्बोधन गर्नुभएको थियो ।

 

 

तस्विर : शिव भण्डारी


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार २३:०३