दोलखाको कालिञ्चोक मन्दिर दर्शनार्थीको लागि खुला

चरिकोट– दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि लगाइएको रोक हटाइएको छ । जिल्ला प्रशासन कार्याल दोलखाले शुक्रबारबाट लागू हुने गरि निषेध हटाएको हो ।

प्रशासनले जिल्लामा कोभिड रोकथाम तथा नियन्त्रणको लागि गत असोज ३० गतेदेखि मठ मन्दिरमा निन्त्य पुजा बाहेकको अन्य गतिविधी गर्न बन्द गरेको थियो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले कालिञ्चोकसहित जिल्लाभरका मठ मन्दिर खुला गर्ने निर्णय गरेको हो । प्रशासनले भक्तजन तथा दर्शनार्थीैहरुलाई स्वास्थ्य सुरक्ष्ाँको मापदण्ड पूर्ण पालनागर्न पनि अनुरोध गरेको छ ।

No description available.

लकडाउनका कारण लामो समयदेखि बन्द पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक आंशिक रुपमा जान थालेको र कालिन्चोक कुरी बजार क्षेत्रका केही होटल सञ्चालनमा आउन थालेका छन्। होटल सुनपाटीका सञ्चालक हरि वलीका अनुसार हाल कालिञ्चोकमा पर्यटकको संख्या बढ्रदै जाँदा ब्यवसायीमा उत्साह थपिएको छ भने मन्दिरमा प्रवेश तथा पुजा पाठको लागि खुला गरिएसँगै अब ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।


प्रकाशित | १९ मंसिर २०७७, शुक्रबार ०६:३७