प्रदेश १: प्रदेशको नामांकरण र राजधानीको नाम दर्ता गराउन प्रस्ताव आह्‍वान गरिदैं

विराटनगर: प्रदेश नम्बर १ ले प्रदेशको नामांकरण र राजधानीको नाम दर्ता गराउन प्रस्ताव आह्‍वानको तयारी गरिरहेको जनाएको छ । प्रदेशसभाको आइतबार बसेको प्रदेशसभाको बैठकबाट सभामुख प्रदीपकुमार भण्डारीले १९ गतेसम्ममा प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्न आह्‍वान गर्नुभएको हो ।

प्रदेशसभाका सभामुख भण्डारीले प्रदेशको नामांकरण र राजधानीको लागि नाम दर्ता गराउन सांसदहरूलाई १९ गतेसम्मको समय दिएर प्रस्ताव आह्‍वान गरेसँगै अब एक सातामै टुंगो लाग्नेछ । सभामुख भण्डारीले त्यसका लागि आव्हान गर्ने सूचना जारी गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएको पनि संसदलाई जानकारी गराउनुभयो । सभामुख भण्डारीले प्रदेशको नामांकन र राजधानीको विषयमा सदनमा कार्यसूचीको रूपमा राखेसँगै प्रदेशले नाम र राजधानी पाउने भएको छ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १८:४९