सूर्यविनायक नगरपालिका-७ गुन्डूका महिलाहरुलाई डेढ महिने कम्प्युटर तालिम (फोटोफिचर)

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डूका महिलाहरुलाई डेढ महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ । वडाको स्वीकृत महिला लक्षित कार्यक्रम अन्र्तगत महिलाहरुलाई डेढ महिने आधारभूत तालिम प्रदान गरिएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच सामाजीक विकास समितिका संयोजक तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले तालिमको समापन गर्नुहुँदै सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

किवाचोकको ज्योती माध्यमिक विद्यालयमा आयोजना गरिएको तालिममा सहभागि महिलाहरुलाई तालिम प्रदान गर्नुहुँदै नगर प्रवक्ता समेत रहनु भएको सापकोटाले वडाबाट सूचना जारी गरि स्वेच्छिक रुपमा ३३ जनाले इच्छा जाहेर गर्नुभएकामा सबैलाई तालिम प्रदान गर्न गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले तालिम एकदमै उपलब्धीमूलक भएकोमा खुसी ब्यक्त गर्दै सिकेको सिपलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । प्रविधिको जमनामा कम्म्युटर जानू अत्यावश्यक भइसकेकाले यसलाई दैनीक जीवनमा उपयोग गर्न पनि सल्लाह दिनुभयो ।

ज्योति माध्यमीक विद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक मिलन कायस्थले तालिममा सहभागि प्रशिक्षार्थीहरु निकै उत्सुकतापूर्वक सहभागि भएको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा वडा नंं ७ वडा सदस्य गीता पण्डित बस्नेतले प्रविधिको जमानामा आधारभूत कम्प्युटर सिक्नु अत्यावश्यक भएको र दिदी बहिनीहरुलाई सिकेको कुरालाई उपलब्धीमूलक बनाउन आग्रह गर्नुभयो ।


प्रकाशित | २२ असार २०८०, शुक्रबार २१:४३