वर्षाको कारण श्रीलंका र पाकिस्तानबीचको खेल रद्द, दुबै टोलीले एक/एक अंक बाँडे

एजेन्सी : निरन्तर वर्षासँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै पाँच घण्टा सम्म रोकिएको खेल अनन्त रद्द भएको हो । योसँगै दुबै टोलीले १/१ अंक बाडेंका छन् । यो सँगै श्रीलंका र पाकिस्तान समान ३ खेलमा १ मा जित र १ मा हारका साथ क्रमश स् तेस्रो र चौथो स्थानमा पुगेका छन् । दुवै टोलीका कप्तानले खेल नहुँदा दुख लागेको र अब अर्को खेलका लागि तयारी गर्ने बताए ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले हराएको थियो । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंका दोस्रो खेलमा अफगानिस्तानमाथि ३४ रनको रोमान्चक जित हात पारेको थियो । श्रीलंकाले आफ्नो चौथो खेल आगमी मंगलबार बंगलादेशसँग खेल्ने छ । त्यस्तै पाकिस्तानले आफ्नो चौथो खेल बुधबार उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाको सामना गर्ने छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार २१:०९