कर्णालीमा थप ३७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित संख्या ७०८ पुग्यो

सुर्खेत: कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । कर्णालीमा यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७०८ पुगेको छ ।

महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार १६:०८