नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाए मुलुक नरहने चेतावनी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाएर मुलकु नरहने चेतावनी दिनुभएको छ । नागरिकताको माध्यमबाट सक्ता टिकाउन खोजीए र त्यसलाई माध्यम बनाइए मुलक नै नरहने चेतावनी दिनुभएको हो ।

नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले शनिबार राजधानीमा गरेको छलफलमा बोल्दै अख्तियारका पूर्वप्रमुख उपाध्यायले भन्नुभयो, ‘राजनीतिक दलका नेताहरूले नागरिकतामा कडाई गर्नुको सट्टा विदेशीलाई कसरी दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाती कसरत हो । यो एउटा सत्ता टिकाउने माध्यम मात्र भयो ।’ सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने वर्षौदेखि चल्दै आएको गलत प्रवृतिविरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त उहाँको भनाई छ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १९:०६