कैलाली र कञ्चनपुर भीषणा हावाहुरी अपडेट:  २५ जना घाइते, थप मानवीय क्षतिको विवरण आउन बाँकी

कैलाली : सुदूरपश्चिमका दुई जिल्लामा आएको भीषणा हावाहुरीमा परि  २५ जनाभन्दा बढी घाइते भएका छन् । कैलाली र कञ्चनपुरमा आएको भीषणा हावाहुरीमा परि  २५  जना भन्दा बढी घाइते भएका हुन । यथपी घटनाको यकीन विवरण आउँन बाँकि छ ।  उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको  छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । आँधीबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी छ ।

हावाहुरी पूर्वी तराईको बाराको जस्तै आएको अनुमान गरिएको छ । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट भीषणा हावाहुरी चलेको हो । हावाहुरीका कारण सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली अवरुद्ध छ । राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार २३:००