जापानमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन कार्यक्रम तयारी पुरा

टोकियो : विश्वभर रहेका नेपाली दूतावास तथा नियोगले सम्बन्धित देशमा रहेका गैर आवासीय नेपाली संघसंगको सहकार्यमा विश्वभरनै भ्रमण वर्ष २०२० मनाउने निर्णय अनुसार आज जापानमा पनी नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समिति जापानको सचीवालयको बैठक बस्यो ।

जापान स्थित नेपाली राजदूतावासमा महामहिम राजदूत प्रतिभा राणाज्यूको प्रमुख आतिथ्यमा बसेको बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा निवर्तमान अध्यक्ष तथा संघका भ्रमण वर्ष २०२० का अन्तराष्ट्रिय संयोजक भवन भट्टज्यूको पनी विशेष उपस्थिति रहेको बैठकले जनवरी ७ मा हुने भ्रमण वर्षको उद्घाटनको तयारीको समिक्षा गर्दै अन्तिम तयारी पुरा गरेको छ ।

उक्त उद्घाटन कार्यक्रममा नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको भिज्युअल सामाग्री प्रदर्शन गर्ने, एकजना जापानीजले नेपाल गई नेपालको बिभिन्न स्थानको भ्रमण गरी तयार पारेको भिज्युअल सामग्री प्रदर्शन गर्ने, नेपाली कल्चलर नृत्य रहने र जापानीज पाहुना हरुलाई नेपाली खानाका परीकारले पनि स्वागत गर्ने जस्ता कार्यक्रम रहेको उक्त कार्यक्रमका सचिवालय सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा १२० जना भन्दा बढी जापानीजहरु आउने निश्चित भैसकेको छ । कार्यक्रममा जापान सरकारका संसदीय उपविदेश मन्त्री, नेपालका लागी पुर्व जापानीज राजदूत, सगरमाथा आरोहीहरुको पनि उपस्थिति रहने भएको छ । आजको बैठकमा उक्त दिन प्रदर्शन गरिने भिज्युवल सामाग्रीहरुको डेमो हेरी परीमार्जन गर्नु पर्ने ठाउँमा सुझाव दिएको छ ।

बैठकमा उक्त कार्यक्रम आयोजनाका निम्ति महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएका जिज्ञान कुमार थापा, उपयोनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, मुल आयोजक सचिवालय सदस्य तथा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले, एनआरएनए जापानका सल्लाहका बिकाश श्रेष्ठ, एनआरएनए आइसीसी एसीया प्यासिफिक यूवा संयोजक दिपक कंडेल, नमस्ते नेपाल सिजुवका अध्यक्ष तथा इन्जिनियरिंग कलेजका भिजिटिंग प्रोफेसर नरेश महर्जन, जापानीज पत्रकार युमीको इताका लगायतको उपस्थिति थियो ।


प्रकाशित | १० पुष २०७६, बिहीबार २१:२९