मालिका भन्छिन : सानैदेखि ड्रामामा रुचि राख्थेँ

मलिका महत यतीखेर निकै चर्चामा हुनुहुन्छ । यही चैच २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘यात्राः दि म्युजिकल भ्लग’बाट मलिकाले डेब्यु गर्दै हुनुहुन्छ। सम्राट शाक्यले निर्देशन गर्नुभएको ‘यात्रा’ मा नायक सलिनमान बानियाँ र सलोन बस्नेतको जोडीको रूपमा मलिकालाई देख्न सकिनेछ ।

मात्र १९ वर्षकी मलिका बीबीए प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । नयाँ पुस्ताले मलिकालाई निकै रुचाएको देखिन्छ । मलिका भन्नुहुन्छ, ‘म सानैदेखि ड्रामामा रुचि राख्थेँ। स्कुलमा पनि म ड्रामामा भाग लिन्थे। अभिनयप्रतिको रुचि त्यतिखेरदेखि नै भएको हो।’ तपाई रिलेसनसिपमा हुनुहुन्छ भन्ने प्रश्नमा मलिका अहिले कुनै रिलेसनसिपमा नभएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘म अहिले करियर बनाउन शूरु गरिरहेको छु ।’


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०६:३४