हावाहुरी प्रभावीत क्षेत्रमा एनआरएनले देखायो बलियो उपस्थिति : अहिलेसम्म ५ सय परिवारलाई राहत वितरण

काठमाडौं : ‘यो मन त नेपाली हो; भन्ने भावनाले गैर आवासीय नेपाली संघले हावाहुरी प्रभावीत क्षेत्रमा पुगी आफनो बलियो उपस्थिति देखाएको छ । गैर आवासीय नेपाली संघ आईसिसी अध्यक्ष भवन भट्टको निर्देशनअनुसार उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एनआरएनको टोलीले बारा र पर्साका पीडितलाई राहत वितरण गर्दै आफनो बलियो उपस्थिति देखाएको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, त्यहाँका सांसद, राजनीतिक दल , स्थानीय प्रशासन र जनप्रतिनिधिको प्रत्यक्ष रोहवरमा विभिन्न क्षेत्रमा राहत वितरण गरिरहेको हो । अहिले सम्म एनआरएनले ५ सय परिवारलाई राहत वितरण गरिसकेको छ । प्रती परिवार २४ केजी चामल, ५ केजी आलु, २ केजी दाल, ११ लिटर तेल, वाल्टी र जग१/१ वटा वितरण गरेको हो ।

एनआरएनको टोलीमा उपाध्यक्ष पन्तसहित प्रवक्ता भूषण घिमिरे, सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झा, एनआरएन अभियन्ता सोनाम लामा, एनआरएन जर्मनीका उपाध्यक्ष मिलन पन्तगायत सहभागि हुनुहुन्छ ।

गैर आवासीय नेपाली संघले प्राकृतिक विपत्तमा परेकालाई राहत जुटाउने उद्देश्यले विश्वभर रहेका सबै एनसिसीलाई राहत संकलन मा जुट्न निर्देशन दिइसकेको छ । सो निर्देशनअनुसार विश्वभरीका गैर आवासीय नेपालीहरु अहिले राहत संकलनमा जुटिरहनु भएको छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १८:५९