सिल्क एयरको काठमाडौँ–सिंगापुर उडान सातै दिन

काठमाडौं : सिंगापुर एयरलाइन्सले काठमाडौँ–सिंगापुर उडान सातै दिन गर्ने भएको छ । गत शनिबारदखि नयाँ सेवा शूरु गरेको एयरलाइन्सले सातै दिन अडान गर्ने भएको हो । एक साता भने ६ उडान गर्दै आएकोमा एक थप गरी हप्तामा सातवटा उडान गराइने भएको हो ।

सिल्क एयरको अहिले थपिएको फ्लाइट कलसाइन एमआई ४१२ विहान ९ बजे सिंगापुरबाट उडान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः०५ बजे आइपुग्नेछ भने काठमाडौंबाट कलसाइन एमआई ४११ को जहाजले १ः५० मा उडान गरी सिंगापुरको स्थानीय समयअनुसार २ः १५ बजे पुग्नेछ ।

सिल्क एयरकाले यात्रुको वृद्धिसँगै माग अनुसार उडान थप्दै लगेको जनाएको छ । नयाँ उडान तालिकाअनुसार सिल्क एयरको बोइङ ७३७–८०० एनजीमार्फत् उडान हुनेछ । यसमा १२ बिजनेस क्लास र १५० इकोनोमी क्लासका सिट छन् । सिल्क एयरका यात्रुलाई खाना, वाइफाइ, मनोरन्जन तथा अनुमतिभन्दा बढी ब्यागेजका लागि शुल्कसहित सबै खाले सेवा प्रवाह गर्दै आएको सिल्क एयरले जनाएको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०९:२१