जनमत पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

काठमाडौं: जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले उद्योग मन्त्रालय लिने सहमति भएको हो ।

अध्यक्ष सीके राउतले उद्योग मन्त्रालयमा पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खानलाई पठाउने बताउनुभयो । प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १५:०६