एनआरएनए पोर्चुगलको अध्यक्षमा तिलक गैरै निर्वाचीत

पोर्चुगल: गैर आवासीय नेपाली संघ (एनआरएनए ) पोर्चुगलको अध्यक्षमा तिलक गैरे निर्वाचीत हुनुभएको छ । पोर्चुगलको सातौँ अधिवेशनबाट अध्यक्षमा गैरे निर्वाचीत हुनुभएको हो । त्यस्तै, आइसिसी सदस्यमा नारायण काजी मगर र रबिन अधिकारी निर्वाचीत हुनुभएको छ । साथै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष भिमसेन थापा (रोशन), उपाध्यक्षमा अशोक गुरुङ र मक्षिन्द्र अर्याल, महिला उपाध्यक्षमा सिता श्रेष्ठ, महासचिवमा हेमराज सुवेदी, कोषाध्यक्षमा बिक्रम जङ कुवर, युवा सयोजक दिनेश भण्डारी निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | १० भाद्र २०७६, मंगलवार १२:०९