नेयमारले कोपा अमेरिका गुमाउने पक्का

एजेन्सी :  ब्राजिली स्टार नेयमारले कोपा अमेरिका गुमाउने पक्का भएको छ । ब्राजिली फुटबल महासंघले चोटका कारण नेयमार कोपा अमेरिका गुमाउने पक्का भएको जनाएको हो । बिहिबार बिहान कतारविरुद्वको मैत्रीपुर्ण खेलमा उनले गम्भिर चोट बोकेका थिए । उनी २१ औ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए ।

उनको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अवस्था गम्भिर बनेपछि उनले महादेशीय प्रतियोगिता गुमाउने पक्का भएको हो ।

गम्भिर चोटका कारण उनको शारिरिक अवस्था ठिक नभएको र निको हुन आवश्यक समय समेत नभएकाले उनले कोपा अमेरिका गुमाउने फुटबल महासंघले जनाएको छ । मैत्रीपुर्ण खेलमा ब्राजिलले एसियन च्याम्पियन कतारलाई २–० ले हराएको थियो । कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले कतारविरुद्व सहज जित निकालेको हो ।

तर ब्राजिलको जित निकै महङ्गो बन्यो । उसले विश्व फुटबलका महङ्गा फरवार्डलाई मुख्य प्रतियोगिता अघि गुमाउन पुग्यो । ब्राजिलले घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचाल्ने योजना बनाएको छ । अब उसले प्रतियोगिता अघि घरेलु मैदानमा होन्डुरससंग अभ्यास खेल खेल्नेछ । जुन १४ मा बोलिभियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १२:११