केपी ओलीसँग जबजको कुनै साइनो छैनः माधव नेपाल

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताउनु भएको छ ।
प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लोकतन्त्राको मूल्य मान्यतालाई कुल्चिने मान्छे कसरी जबजको पक्षधर हुन्छ ? भन्दै प्रश्न गर्नु भयो ।
‘जबजले के भन्छ ? लोकतन्त्राका मुल्यमान्यता आत्मसाथ गर, बिनम्र होउ, अरुको विश्वास जित, विधि र पद्धति अनुसार चल, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर भन्छ,’ उहाँले भन्नु भयो, ‘अव तपाईंहरु आफैं भन्नुस, ओलीले यी कुरा कहाँनेर लागु गरे । अनि यस्तो मान्छेसँग जबजको साइनो रहन्छ ?’
अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताउनु भयो ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार १३:२१