सुनको भाउ घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको हो । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच भाउ महंगो भएसँगै कारोबार ठप्प जस्तै भएको व्यवसायीको गुनासो छ ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार १२:२६