सुनको मूल्य बढेको बढ्यै

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । चाँदी भने स्थिर रहेको छ । बजारमा बुधबारको तुलनामा बिहीबार सुन ३ सय रुपैयाँले बढेको छ। बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी भने आज स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार ११:२५