एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा डिपी कँडेलको उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनमा डिपी कँडेलले एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा पुन:उम्मेदवारी दर्ता गर्नु भएको छ । जापानमा व्यवसाय गर्दै आउनु भएको कँडेलले सोमबार एसिया प्याशिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

‘रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता’ भन्ने नारा साथ उम्मेदवारी दर्ता गर्नु भएको कँडेलले आफू ठोस एजेन्डासहित अगाडि बढेको स्पष्ट पार्नुभयो ।

उहाँले थाइल्याण्ड र म्यानमारमा रहेका पिएनओका मागलाई पूर्ण कार्यान्वयनका पहल गर्ने, सामाजीक सुरक्षा कोषलाई अझै थप प्रभावकारी रुपमा वास्तविक आवश्यकीय वर्गसम्म पुग्नेगरी कार्यन्वयनमा ल्याउन एसिया क्षेत्रको तर्फबाट पहललगायत थुप्रै समस्याहरुलाई सम्बोधन गर्न लागिपर्ने बताउनुभयो ।

एसिया प्यासेफिक क्षेत्रको आफ्नै सचिवालय र बैंक खाता संचालन गर्ने, एसिया प्यासिफिक फण्ड स्थापना गर्ने, भइपरी आउने र अति विकट तथा विपन्न क्षेत्रका शिक्षा र स्वास्थ्यका लागि टेवा पुर्याउन प्रभावकारी पहल गर्ने उहाँको भनाइ छ। विदेशमा हुर्किँदै गरेका दोस्रो पुस्ताका एनआरएनएका रुपमा परिचित बालबालिकालाई मूलभूमी नेपालको भाषा÷कला तथा संस्कृतिबारे आवश्यक ज्ञान प्रदान गरि नेपालसंग जोड्ने विविध प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने लगायत पनि उहाँको एजेन्डा छन् ।

सन २००८ देखिनै गैर आवासीय नेपाली संघको अभियानमा आबद्ध रहनु भएको कँडेलले विभिन्न समय र परिस्थितिमा पद भन्दा बाहिरै रहेर पनि एनआरएनए अभियानमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ ।

सन् २०१० – २०११ को एनसीसी जापानको कार्यसमिति सदस्य पदबाट संस्थागत जिम्मेवारीमा प्रवेश गर्नु भएको कँडेलले पुनः सन् २०११ –२०१३ कार्य समिति सदस्यमा नै दोहोरिनु भयो । त्यसपछि सन् २०१७–२०१९ को एनआरएनए जापानको कार्यसमितिमा सल्लाहकारका रुपमा सक्रिय रहनु भएको कँडेल सन् २०१९ –२०२१ मा निर्विरोध रूपमा आईसीसी सदस्य पदमा चयन हुनुभयो । हाल कँडेल सन् २०२१–२०२३ कार्यसमितिमा एसिया प्यासेफिक संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार २३:१७