नेपालमा एकै दिन ४ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा एकै दिन ४ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८६२ पुगेको छ।


प्रकाशित | १० कार्तिक २०७७, सोमबार २०:३८