प्रचण्ड-माधवलाई देशभरबाट १० सिट जितेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

धनगढी । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाइ देशभरबाट १० सिट जितेर देखाउन खुला चुनौति दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार धनगढीमा भएको सुदुरपश्चिम प्रदेशको भेलामा सम्बोधन गर्दै भन्नुभयो, ,‘चुनाव लड्न किन डराउँदै हुनुहुन्छ । दुई अंकमा जितेर देखाउनुस । देशभरमा १० सिट ल्याएइर देखाउनुस । म चुनौति दिन्छु ।’चुनावसँग भाग्ने हैन चुनाव फेस गरेर १० सिट जितेर देखाउन उहाँले खुला चुनौति दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘तीन करोड मान्छेमा कति जना गए रे, तपाईंहरुले सुन्नु भएको होला । उहाँहरु २६५ कि कति भन्नुहुन्छ,’ ओलीले अघि भने, ‘अनि के भयो त ? नुहाउँदा पनि २/४ वटा केस झरेर जान्छ । अनि के भयो त ? ०५४ सालमा त्यस्तै भएको थियो अब देशभरबाट १० सिट जितेर देखाउन ।’

उहाँले केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ भन्ने सोचेको होला भन्दै २र४ जना मान्छे पिलो निचोरिए जसरी निचोरिँदैमा वजन नघट्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रचण्ड समूहलाई भगौडाको उपमा पनि दिनुभयो ।

उहाँले थप्नुभयो,‘छोरी–वुहारी, भाइ–भतिजा नातारपरिवार र पैसा बाहेक उनीहरुको ध्यान अन्यत्र छैन । काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । तर आफ्नो पारा देखाइहाले ।’


प्रकाशित | २४ पुष २०७७, शुक्रबार २०:५६