एमालेले पायो ५० जिल्लामा नयाँ नेतृत्व, कुन जिल्लामा को बने ?

काठमाडौं –  नेकपा एमालेले ५० जिल्लामा नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले प्रचार विभागका अनुसार शुक्रबार ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैर–भौगोलिक तर्फको नेतृत्व टुंगिएको छ । एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत नेतृत्व छानिएका छन् ।

कुन जिल्लामा को ?

प्रदेश १

१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१३. सप्तरी – ताराकान्त चौधरी
१४. सिरहा– बिन्देश्वर मण्डल

बागमति प्रदेश

१५. धादिङ – भूमि त्रिपाठी
१६. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
१७. भक्तपुर – बचन देउजा
१८. रसुवा – कर्णेल तामाङ
१९. रामेछाप – आनन्दकुमार श्रेष्ठ
२०. नुवाकोट – बद्री मैनाली
२१. मकवानपुर – एकलाल श्रेष्ठ
२२. काठमाडौं – दीपक निरौला
२३. ललितपुर – पुरुषोतम आचार्य
२४. सिन्धुली– कुमारबहादुर कार्की
२५. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेश

२६. गोरखा – प्रेम गुरुङ
२७. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
२८. म्याग्दी – देवेन्द्र केसी
२९. लमजुङ – कृष्णप्रसाद अधिकारी
३०. बागलुङ– हिराबहादुर केसी
३१. पर्वत–राजु पौडेल
३२. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी प्रदेश

३३. पाल्पा – धनेन्द्रराज घिमिरे
३४. गुल्मी – बालकृष्ण काउछा मगर
३५. अर्घाखाँची – पिताम्बर भुसाल
३६. बाँके – किस्मत कुमार कक्षपती
३७. बर्दिया – लालबहादुर श्रेष्ठ
३८. दाङ – हुकुमबहादुर बस्नेत
३९. रुपन्देही – तेजेन्द्र केसी
४०. कपिलवस्तु – डम्मर शर्मा
४१. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
४२. प्युठान–बिजयविराज विष्ट

कर्णाली प्रदेश

४३. डोल्पा – शेरबहादुर बुढा
४४. सल्यान – गोविन्द पुन मगर
४५. जुम्ला – शान्तिलाल महत
४६. रुकुम– नन्दराम देवकोटा

सुदूरपश्चिम प्रदेश

४७. डडेल्धुरा – प्रकाश साउद
४८. बैतडी– सुरेन्द्र पाल
४९. डोटी–चक्र मल्ल
५०. कैलाली– रतन थापा

गैर-भौगोलिक जिल्ला

५१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
५२. पेशागत विशेष – उमेश ढकाल


प्रकाशित | २७ पुष २०७८, मंगलवार १३:४४