गरिबी निवारण कोष खारेज

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी गराउनु भएको हो ।

अर्थमन्त्री पौडेलले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने बताउनु भयो । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी गराउनु भयो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:१९