कालिन्चोक मतगणना अपडेट: कसले पाए कति मत ?

दोलखा :  कालिन्चोक गाउँपालिका वडा नं १ को मतगणना सकिएको छ । १ वडाको मतगणना सकिंदा कालिन्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद शिवाकोटीले अग्रता कायमै राख्नु भएको छ । उहाँले ४३६ मत प्राप्त गर्दा एमालेका तर्फबाट प्रमुखमा उम्मेदवार गणेश शिवाकोटीले ३८७ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट कविता थामीले अग्रता कायम गर्नु भएको छ । उहाँले ४६८ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कुल बहादुर बुढाथोकीले ३५५ मत पाउनु भएको छ ।

उता वडाध्यक्षमा भने एमालेका पदम थामी विजयी हुनु भएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको यो वडामा थामीले ३८७ प्राप्त गर्दै विजयी हुनु भएको हो । यो वडामा १ हजार १२७ मत खसेको थियो । खसेको मतमध्ये ५१ मत बदर भएको छ । अहिले कालिन्चोकको मतगणना स्थगीत भएको जनाइएको छ ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार २१:५७