प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । कानुन व्यवसायी समेत रहनु भएको बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरिसक्नु भएको छ । बस्नेत हाल खुला नेपालको प्रधान सम्पादक हुनुहुन्छ ।


प्रकाशित | २० जेष्ठ २०७८, बिहीबार २२:२०