यूरोपमा चुनावी प्रचार अभियान सञ्चालन गर्दै एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी

कोपनहेगन – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी यूरोप भ्रमणमा हुनुहुन्छ । त्रिपाठीले यूरोप भ्रमण गर्दै चुनावी प्रचार अभियानलाई ब्यापक बनाउनु भएको छ ।

यूरोप भ्रमणमा निस्कनु भएको त्रिपाठीले डेनमार्क, नर्वेमा चुनावी प्रचार अभियानको क्रममा गैर आवासीय नेपालीहरुसँगको भेटभाट तथा छलफललाई तीब्र पार्नु भएको हो । त्रिपाठीलाई एनआरएनए डेनमार्कले एक स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

This image has an empty alt attribute; its file name is rajan-1-1-782x1024.jpg

सो अवसरमा त्रिपाठीले एनआरएन एक अभियान भएकाले नेपाली नेपाली बीचमा आत्मियता बढाउँदै आपसी सम्बन्ध समुथुर बनाउनु पर्नेमा जोड दिनु भयो । नेपालीको दुख सुखको साथी एनआरएनए भएकाले यसलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ ।

This image has an empty alt attribute; its file name is rajan4-1024x768.jpg

कार्यक्रममा एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, आइसिसी सदस्य रमेश काफ्ले, मानार्थ सदस्य रामजीवी पन्थलगायतले त्रिपाठीलाई शुभकामना दिनु भएको थियो ।

This image has an empty alt attribute; its file name is rajan5-1024x768.jpg

त्यस्तै, त्रिपाठी डेनमार्कको भ्रमण सकाएर नर्वे पुग्नु भएको छ । नर्वेमा पनि त्रिपाठीलाई एनआरएनए एनसिसीले स्वागत गरेको छ । एनआरएनए नर्वेले आयोजना गरेको औपचारिक भेटघाट कार्यक्रममा बोल्दै त्रिपाठीले आफ्नो भ्रमण बारेमा जानकारी गराउँदै निर्वाचनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is rajan6-768x1024.jpg

उहाँले हाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक र विभिन्न संघ संस्थामा रहदाको अनुभवले ऊर्जा मिलेको बताउँदै संस्थालाई अझ निस्पक्ष र पारदर्शी बनाउने प्रतिबद्वतासहित कोषाध्यक्षमा उम्मेदवारी दिएको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is rajan7-1024x660.jpg

मन्तब्यको क्रममा आइसिसी मानार्थ सदस्य रामजीबी पन्थले अनलाइनको माध्यमबाट हुने निर्वाचनले भरपर्दो, छिटो छरितो र अझ पारदर्शीको साथै आर्थिक चलखेलको बाटो बन्द हुने बिश्वास ब्यक्त गर्नु भयो ।

This image has an empty alt attribute; its file name is rajan8.jpg

कार्यक्रममा आइसीसी सदस्य राजु आर्याल, संरक्षक नयन मल्ल, संस्थापक अध्यक्ष तथा २०२१–२०२३ का यूरोप उपसंयोजकका प्रत्यासी कुमार पण्डित, जेएस एस, नेपोस, अन्तराष्ट्रिय साहित्य समाज नर्वे र सल्लाहकार तथा नेपाल पत्रकार महासंघ यूरोप साखाका अध्यक्ष प्रेम परियारलगायतको उपस्थित रहेको थियो । एनआरएनए नर्वेका अध्यक्ष जीबन बहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव बिष्णु गौतमको संचालन गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is rajan9-768x1024.jpg

त्यस्तै, त्रिपाठी मंगलबार एनआरएनए बेल्जियमले आयोजना गर्ने भेटभाट कार्यक्रममा सहभागि हुनुहुनेछ भने त्यसपछि जर्मनी, पोर्चुगल, यूकेलगायत यूरोपका विभिन्न देशमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।


प्रकाशित | १२ आश्विन २०७८, मंगलवार ११:१७