सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशको चौथो अधिवेशनको दशौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम सार्वजनीक गर्नुभएको हो ।

सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवर्द्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने, बैंक तथा वित्तीय संस्था स्थापना गर्ने र पहुँच बढाउने, प्रदेश लगानी बोर्डको स्थापना गर्ने, रोजगारीका अवसर सिर्जना गर्दै कूल गार्हस्थ उत्पादनमा योगदान दिने, लगानीको वातावरण बनाइ दिगो विकास हासिल गर्ने उल्लेख गरिएको छ ।  नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार २०:०६