नेपालका चिकित्सकहरुले गरे कोरोना महामारीमा एनआरएनले खेलेको भूमीकाको उच्च प्रशंसा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वास्थ्य समितिले नेपालका ख्यातीप्राप्त चिकित्सकहरुसँग नेपालमा कोभिड १९ को वर्तमान अवस्था विषयमा एक भब्य अन्तरक्रिया कार्यक्रम सन्पन्न गरेको छ । नेपालका सबै प्रदेशका ख्याति प्राप्त चिकित्सकहरुको उपस्थितिमा एक सेमिनार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । लगभग सवा दुई घण्टासम्म चलेको सो सेमिनार निकै उपलब्धीमूलक रह्यो ।

नेपालका सबै प्रदेशका र सबै स्वास्थ्य क्षेत्रका एबं नेपालका ख्याति प्राप्त चिकित्सक, सर्जन तथा जन स्वास्थ्य विशेषज्ञहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रम आफैमा पनि पहिला भन्दा फरक र ऐतिहासिक थियो ।

नेपालका सबै स्वास्थ्य क्षेत्रका विज्ञहरुको उपस्थितिमा भएको यो अन्तरक्रिया कार्यक्रममा नेपालको कोरोना संक्रमणको पछिलो अबस्थाको बारेमा अवगत गराइएको थियो । एनआरएनए आइसिसीको स्वास्थ्य समिति मुलत: प्रबासमा बस्ने लाखौ लाख नेपालीहरुको स्वास्थ्य समस्या लगायतका बिषयहरुमा बढी केन्द्रित हुने समिति हो ।

कार्यक्रममा नेपालका चिकित्सकहरुले विदेशमा रहनु भएको चिकित्सकहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा खेलेको भूमीकाको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा भास्कुलर सर्जन एबं प्राध्यापक तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, बीर अस्पताल ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेल, बिपी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठानका डाइरेक्टर प्राध्यापक डा. गौरी शंकर शाह, बिपी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठानका कोभिड लिड प्राध्यापक डा. सन्जिब शर्मा, सह प्राध्यापक डा.विमला शर्मा, गण्डकी मेडिकल कलेजका डा. भुपेन्द्र कुवर बस्नेत, पूर्व डाइरेक्टर बीर अस्पताल तथा वर्तमान अध्यक्ष अमेरिका नेपाल मेडिकल फाउनडेशनका डा रबिन्द्र पाण्डे, जन स्वास्थ्य विद ,सुपरिचित लेखक तथा साहित्यकार, तथा डा. प्रकाश ज्ञवालीले नेपालमा कोरोना नियन्त्रणमा विदेशी अनुभव निकै उपलब्धीमूलक रहेको धारणा राख्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा आयुर्वेद डाक्टर्स असोसिएसन नेपालका अध्यक्ष तथा प्यारासाईटोलोजिष्ट एबं जन स्वास्थ्यविद डा. बैकुण्ठरमण सुबेदी, क्लिनिकल साईकोलोजिष्ट डा. जामुन सिंह, बिभाग प्रमुख तथा प्रदेश २ का बाल बिशेषज्ञ डा. नवराज केसीलगायतले पनि नेपालको कोभिड १९ को अवस्थाको विषयमा धारण राख्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले स्वागत गर्नु भएको थियो । कार्यक्रममा शिक्षाबिद् तथा स्टार स्कोलर्स नेटवर्कका अध्यक्ष डा.उत्तम गौलीले पनि आफ्ना भनाइहरु राख्नु भएको थियो ।

कार्यक्रममा सहजताको भूमिकामा यूकेबाट सर्जन तथा डा.सुनिल साह, अष्ट्रेलियाबाट डा. कुश श्रेष्ठ र अमेरिकाबाट डा.चिरन्जिबी भट्टराईले गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए स्वास्थ्य समितिका सभापति डा. सन्जीब सापकोटाले बक्ताहरुले राख्नुभएका भनाइहरुको विषयमा प्रष्ट पार्नुभएको थियो । सभापति सापकोटाले अन्तरक्रिया कार्यक्रमबाट नेपालको कोरोनाको पछिल्लो अवस्था मात्र थाहा नभई नेपालको अन्य स्वास्थ्य समस्याहरु लगायत यस सम्बन्धमा अन्य धेरै कुराहरु पनि अत्यन्त नजिकबाट बुझ्ने अबसर मिलेकोमा खुसी ब्यक्त गर्नुभयो ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार १९:२८