दुवईमा भएको गोर्खाली नाईटबाट बचेको रकम मिर्गौला पीडितलाई सहयोग

काठमाडौं: दुबईमा आयोजना गरिएको गोर्खाली नाईट २०१९ कार्यक्रमबाच बचत भएको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ । कार्यक्रमबाट बचेको केही रकम मिर्गौला रोगले पीडित विष्णु सुनार र संजीव कंडेललाई एक एक लाख का दरले सहयोग गरिएको हो । एक कार्यक्रमको आयोजना गरि दुवैलाई सो सहयोग हस्तान्तरण गरिएको एनआरएनए आईसिसि सदस्य एवं आयोजक मनोज गोर्खालीले जानकारी गराउनुभयो ।

राहत वितरण कार्यक्रममा एनआरएनए सचिव डिबी छेत्री, एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एनआरएनए एसिया पुर्व उपसंयोजक गोबिन्द श्रेष्ठलगायत सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १२:३४