दुई महिना पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने खनाल–नेपाल समूहको निर्णय

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले केहीदिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढिने पनि भएको छ ।

यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ ।


प्रकाशित | २१ चैत्र २०७७, शनिबार १७:१०