नेकपाका दुई अध्यक्षबीचको वार्ता सकारात्मक, भोली फेरि वार्ता हुने

काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता भोली फेरि बस्ने गरि सकिएको छ । करिब दुई घण्टा चलेको वार्ता भोली फेरि बस्ने गरि सकिएको हो ।

वार्ता सकारात्मक भएको र आपसी सहमती खोज्ने विभिन्न विकल्प तयार गरिने नेताहरुले बताएका छन् । वार्तामा दुवै अध्यक्षबीच मन माझामाझ भएको र सहमतिका आधारहरु खोज्ने सहमति भएको सहभागी नेता जनार्दन शर्मा प्रभाकरले जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंका अनुसार वार्तामा अध्यक्षहरूसँग महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को पनि सहभागि हुनुहुन्थ्यो ।

सोमबार नेकपाको स्थायी समिति बैठक पनि बस्दैछ । स्थायी समिति बैठक अघि दुबै अध्यक्षबीच फेरि वार्ता हुने तय भएको हो ।


प्रकाशित | २१ असार २०७७, आईतवार १५:०७