आगलागी हुँदा पाँच घर जलेर नष्ट

सप्तरी: सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा पाँच घर जलेर नष्ट भएका छन् । घरमा विद्युत् चुहिएर भएको आगलागीका कारण आगलागी भएको हो । शनिबार राति स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् । अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान आगलागीमा परी जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट करिब सात लाख बराबरको क्षति भएको पीडितहरुले बताएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ०९:५३