पाँचथर हत्याकाण्ड: भागेर बाच्न सफल सीताको जिम्मा प्रदेश सरकारले लियो

पाँचथर: जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाउन सफल १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मा प्रदेश–१ को सरकारले लिने भएको छ । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश सरकारले जिम्मा लिएको हो ।

सीतालाई सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश सांसद सीता थेबेले बताउनुभयो । गत जेठ ६ गते राति २ घरमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी थिइन् । जेठ ६ गते राति भएको विभत्स हत्याकाण्डमा नौ जानको ज्यान गएको थिथो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १९:१४