चुनावी अभियानको क्रममा कालिनाग क्याम्पसको बारेमा भ्रम फैलाउने काम गरियो : बालकृष्ण शिवाकोटी

काठमाडौं: एमाले नेता तथा कालिनाग क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीले चुनावी अभियानको क्रममा कालिनाग क्याम्पसको विषयमा भ्रम फैलाउने कार्य गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

कालिनाग क्याम्पस स्थापना गर्न निकै ठूलो मिहेनत गर्नुपरेको स्मरण गर्नुहुँदै शिवाकोटीले चुनावी अभियानको क्रममा कालिनाग क्याम्पसको विषयमा विपक्षी पार्टीका उम्मेदवारले भ्रम फैलाएकोमा आपत्ति जनाउनुभयो ।

एमालेको तर्फबाट दोलखा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएको शिवाकोटीले कालिनाग मावि पूर्व विद्यार्थी समाजको अधिवेशन तथा सम्मान कार्यक्रममा भन्नुभयो, ‘तत्कालीन गठबन्धनका उम्मेदवारले सुनखानीमा आयोजित चुनावी सभामा कालिनाग म्याम्पस आफूले स्थापना गरेको भन्दै भ्रम फैलाउने कार्य गर्नु भएको रहेछु । मैले आज उचीत ठानेर गलत कुराको खण्डन गर्न चाहेको हुँ, सत्य कुरा सत्य नै हुन्छ, गलत कुराको पछि कोहि पनि नलाग्नुहोला ।’

कालिनाग क्याम्स स्थापना गर्न आफूले धेरै मिहेनत गरेको र यसको सांक्षी रमेश शिवाकोटी र वेद प्रसाद शिवाकोटी रहेको स्पष्ट पार्नुभयो । शिवाकोटीले चुनावी अभियानको क्रममा भ्रमको खेती गरिएको कुरा आफूले चुनावपछि मात्र थाहा पाएपछि ढिलै भएपनि खण्डन गर्न बाध्य भएको बताउनुभयो ।


प्रकाशित | २१ फाल्गुन २०७९, आईतवार ११:०१