एनआरएनए अध्यक्षमा कुल आचार्यले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौ – गैर आवासीय नेपाली संघको निर्वाचनका लागि कुल आचार्यले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको छ । आचार्यले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको हो ।

‘पद्धति र पादर्शीता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ नारासहित उम्मेदवारी घोषणा गरिन लागिएको जनाइएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे याक एण्ड यति होटलमा राखिएको हो ।

घोषणासभा मार्फत अध्यक्षमा आचार्यसहित अन्य पदका उम्मेदवारहरुले पनि सँगै उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ । यसअघि नेपाली कांग्रेसले एनआरएनएको निर्वाचनमा आचार्य टिमलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा नेतृत्वका लागि आचार्यसँगै रविना थापा र डा बद्री केसीले चुनाव लड्ने घोषणा गर्नु भएको छ । थापाले बिहीबार मात्र औपचारिक उम्मेदवारी घोषणा गर्नु भएको छ भने डा. बद्री केसीले भने उम्मेदवारी घोषणा गरिसक्नु भएको छैन ।


प्रकाशित | ८ आश्विन २०७८, शुक्रबार १९:४१