गायिका रमिला न्यौपानेको ‘बाडुल्की’ सार्वजनिक (भिडियो )

काठमाडौं: खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा रहेको लोकदोहोरी गीत ‘बाडुल्की‘’ सार्वजनिक भएको छ । विक्रम परियार, रिषि खड्का, आकाश गौतम, प्रदिप पाण्डे, सान्ता परियार, स्मृति साही, पुष्पा बोहोरा र सर्मिला विश्वकर्माको समुह स्वर रहेको ‘बाडुल्की‘’ गीतको भिडियो सार्वजनिक भएको हो ।

बाबुराम बोहोराको शब्द रहेको गीतमा खुमन अधिकारीको सङ्गीत र आशिष अबिरलको सङ्गीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा खुमन अधिकारी र अनु पराजुलीलाई फिचर्ड गरिएको छ । राजेश घिमिरको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १८:०४