मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ नर्स पक्राउ

भक्तपुर : लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज ११ जना नर्सलाई पक्राउ गरिएको हो । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुँन ।

पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ । प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने ,ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ,सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ,पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने प्रत्यारोपण केन्द्रका नर्सले राख्दै आन्दोलन गर्दै आईरहेका थिए । यस्तै नर्सहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै गएको शुक्रबार देखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले अमरण अनसन सुरु गरेका थिए ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १३:५६