नेपाली नागरिकताको निरन्तरता एनआरएनको प्रमुख बटमलाइन

  • सोनाम लामा

गैर आवासीय नेपाली संघको माध्यमले संसारको ८० मुलुकहरुमा छरिएर रहने ५० लाख सम्पुर्ण नेपालीहरुको आपसी सद्भाव र भाईचाराको शुमधुर सम्बन्ध स्थापित हुदै आईरहेको छ। संघको पञ्जीकृत सदस्य संख्या भन्दा पनि संघले गर्दै आएको क्रियाकलाप र गतिविधिको अभियानले गैर आवासीय नेपालीहरुको मानवीय नैसर्गिक हक अधिकारको लागी एकै आवाजको सुत्रधार बनेको छ। संघको मुख्य उद्धेश्य नै नेपालीको लागी नेपालीू र नेपालको लागी नेपाली भएकोले समृद्ध नेपाल र सुखी नेपाली नै अन्तिम लक्ष्य रहेको छ।

संसारको जुनसुकै कुनामा रहने गैर आवासीय नेपालीको पनि आत्मामा नेपालको पवित्र धरतीसित माया ममताले भरिएको मनमुटु र दिमागसित अटुट जन्म सिद्धको सम्बन्ध जोडिएको छ। त्येसैले गैर आवासीय नेपाली संघ सबैको साँझा संस्था भएकोले हाम्रोलाई भन्दा पनि राम्रो सक्षम ब्यक्तित्वलाई संघको लगाम सुम्पिनु नै ५० लाख गैर आवासीय नेपालीहरुको लक्ष्यलाई सहि दिशानिर्देश गर्नु हो।

बिश्वको बदलिँदो समय र परिस्थितिको अन्तरालमा गैर आवासीय नेपालीहरुको सोच र बिचारमा धेरै परिवर्तन भइसकेको छन। समृद्ध नेपाल र सुखी नेपाली परिकल्पनाको अभियानको रुपमा संसार भरमा रहेका सबै नेपालीहरु समृद्ध भएर मात्र समृद्ध नेपाल हुन्छ भन्ने भविष्यवादी लामो र फराकिलो सोचको साथ सामुयिक लगानी नेपाल तथा आफु रहेको मुलुकमा संयुक्त सामुयिक लागनीको गर्ने अवधारणाको बिकाश भई सकेको छ। विश्व भरी छरिएर रहेका नेपालीहरुलाई गैर आवासीय नेपाली संघमा आबद्ध गरी आपसी सद्भाव भाईचारा र नेपाल र नेपालीको पहिचान, राष्ट्रिय एकताको संगै गैर आवासीय नेपालीहरुको कनेक्टीभिटीमा एक रुपता हुनुले गैर आवासीय नेपालीहरुमा आपसी सहयोगको वातावरण सिर्जना गरी आत्मनिर्भरको बिषयमा अग्रसर रहन अति महत्व पूर्ण भूमिकालाई समयमै छलफल चलाउनुले गैर आवासीय नेपाली संघ र नेपाली समाजको बिकासको परिणामको लागि कोसे ढुंगा साबित हुनसक्नेछ।

गैर आवासीय नेपाली संघको बटम लाइन भनेको एक पटकको नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरंतरता नै हो। त्यसैको लागी संघको स्थापना समय देखि मुख्य एजेन्डाको रूपमा पैरवी गर्दै आएको छ। गैर आवासीय नेपाली बाउ आमाको कोखबाट जन्मेका नेपाली नयाँ पुस्ताको हक अधिकार र भविष्यको सम्बन्ध बारेमा गैर आवासीय नेपालीहरु सधै चिन्तित छौ।

नेपाल सरकारद्वारा प्रदान गरिने गैर आवासीय नेपाली नागरिकता सुरुवातको परिणाम भएले यसको प्राप्तिका लागि देखा परेका जटिलताहरु नेपाल सरकार र सरोकारवाला निकायसंग समन्वय गर्न बिस्तृत छलफल र आपसी समझदारीले मात्र सहज परिणाम आउन सक्दछ। नेपाली कला संस्कृति भाषा भेषसित नेपालको मायाममता र आपसी भाईचाराको गहिरो सम्बन्धका कारणले नै नेपाली हाम्रो एउटै साँझा राष्ट्रिय पहिचान हो। धन्यवाद

(सोनाम लामा अमेरिकाज् क्षेत्रको निवर्तमान क्षेत्रिय संयोजक हुनुहुन्छ )


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार ०९:१४