नेकपाको सरकारले मात्र देशलाई समाजवादमा पुर्‍याउन सक्छ : नेता भट्टराई

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टीका नेता निर्मल भट्टराईले देशलाई समाजवादमा पुर्याउन सक्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर क्याम्पस कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

 उहाँले अगाडि थप्दै भन्नुभयो, ‘नेकपाको सरकारले शिक्षा, पर्यटन, कृषि,स्वास्थ्यलगायतका क्षेत्रमा आमूल परिवर्तन गरिरहेको छ ।’

कार्यक्रममा विद्यार्थी नेताहरु सुवास तिमिल्सिना,जयराम बास्तोला, दिपेश विसुंके, दिपक विष्ट,माक्सवहादुर लामा, नविन रिजाल, केशव घिमिरेलगायतले विद्यार्थी एकता र सकृयतामा जोड दिनुभयो ।


प्रकाशित | २२ मंसिर २०७६, आईतवार १३:३६