सार्वजनिक स्थल र आन्तरिक उडानमा कोरोना खोप लगाएको कार्ड अनीवार्य

काठमाडौं – सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड अनीवार्य गरेको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले माघ ३ गतेदेखि लागू हुने गरि खोप कार्ड अनीवार्य गरेको हो ।

विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय गरेको छ । यो माघ ३ गतेदेखि लागू हुने र भ्याक्सिन लगाएको कार्ड मोबाइलमा चिखेर मोबाइलबाटै देखाएपनि पनि हुने निर्णयमा उल्लेख छ ।

त्यस्तै, माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरिएको छ । आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय सीसीएमसी बैठकले गरेको हो ।


प्रकाशित | २६ पुष २०७८, सोमबार ०७:४०