एनआरएनए फ्रान्सको निर्वाचन एक साता पछि सर्‍यो

पेरिस। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको निर्वाचन एक साता पछि सारिएको छ । आगामी कार्यकाल (२०२१-०२३) को लागि आइतबार गर्ने भनिएको निर्वाचनको सम्बन्धमा विवाद उत्पन्न भएपछि मिति सारिएको हो ।

निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै उत्पन्न विवादलाई निराकरण गर्न दुवै पक्षको समझदारीमा आउँदो १ अगस्ट आइतबारको दिन गर्ने गरि निर्वाचन  सारिएको जनाएको छ ।

२५ तारिखका लागि तोकिएको निर्वाचनमा अनलाईन भोटिङको विषयमा विवाद भएपछि निर्वाचन एक साता पछि सार्न बाध्य हुनु परेको आयोगले  जनाएको छ

 


प्रकाशित | ११ श्रावण २०७८, सोमबार १३:२२