प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो हैदरावाद हाउसमा मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई रुद्राक्ष उपहार दिएका छन् । भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १५:२७