शेयर बजार ५.५८ अंकले बढ्यो : कारोबार १ अर्ब ५२ करोड

काठमाडौं: साताको अन्तिम आज (बिहीबार ) शेयर बजारमा सुधार देखिएको छ । आज नेप्से सूचक ५.५८ अंकले बढेर १३१९.४७ बिन्दुमा रोकिएको छ । साताको अन्तिम दिन बिहीबार १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर १ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ रुपैयाँको सेयर कारोबार भएको छ ।

११ वटा समुहको कारोबारमा बैंकिङ १०।९५, अन्य २।०७, जीवन बीमा समूहको उपसूचक ९।५४ अंकले बढेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबार रकमको आधारमा शिवम् सिमेन्टले अग्रता लिएको छ । शिवमको १७ करोड १९ लाख ६५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।

बिहीबारको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी, रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआईसि एसिया ग्रोथ फण्डका लगानीकर्ताहरुले कमाएका छन् भने पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काइ विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १८:१७