इटालीमा १ डलरमै घर

एजेन्सी : १ डलर अर्थात् १ सय १३ रुपैयाँमा के आउला ? नेपालमा सानो परिवारका लागि चारकोठे पक्की घर बनाउनका लागि पनि ३० लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ । तर, इटालीका दुई गाउँमा १ डलरमै घर बिक्री गर्न थालिएको छ । दुई इटायलियन गन्तव्यले समुदायको संख्यामा आएको गिरावटका कारण नयाँ बासिन्दालाई लोभ्याउनका लागि १ डलरभन्दा थोरै बढीमा घरको मूल्य तय गरेको छ । यसका लागि क्रेताको ध्यानाकर्षण गर्न वेबसाइटसमेत लन्च गरिएको छ ।

तपाईंले घरको फोटोमा चिह्न लगाउनका लागि अनलाइन लाइक गर्नुपर्नेछ । तपाईंले उक्त घर भएको स्थानमा जानुभन्दा पहिले नै घर खरिदका लागि आवेदन दिन सक्नुहुनेछ । “मैले खरिदकर्तालाई सहयोग गर्नका लागि युवा स्वंयसेवीको विशेष बल तयार गरेको छु,” दुईमध्येका एक गाउँ जुङ्गोलीका मेयर पाओलो कारुसोले बताए ।

“पारदर्शिता प्रमुख कुरा हो । तर, उक्त स्थानको सुन्दरता हेर्न, राम्रा परिकारको स्वाद चाख्न र स्वच्छ हावामा सास फेर्नका लागि मानिस स्वंयनै आउनुपर्छ । जुङगोली सानो दुर्गम गाउँ हो । यो चिप्लेकीराजस्तै आकारको छ । यो नेपल्स र अमाल्फी तटनजिकैको क्यापानिया क्षेत्रमा अवस्थित छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०८:२६